- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ। फोरमको सह–सभापतिहरूमा एनआरएनए युकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवर्धन परिषद् नेपालका हरि बहादुर कार्की छन्।
फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्की चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्बर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल, एनआरएनए थाइल्यान्डका खगेन्द्रराज ढकाल छन्।
त्यस्तै फोरमका विशेष आमन्त्रितहरूमा एनआरएनए मिडिल इष्टका आर के शर्मा, एनआरएनए अफ्रिकाका हिकमत थापा, एनआरएनए अष्टेलियाका दीपक कुमार खड्का, एनआरएनए युरोपका पूर्ण हमाल, एनआरएनए कोरियाका सुवास पौडेल, एनआरएनए जापानका किरण थापा र आमन्त्रितहरूमा नेपाल कुवेत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पुष्पदास श्रेष्ठ, नेपाल वुल्गेरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका महेशमान श्रेष्ठ, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका शुवाशिष थपलिया, एनआरएनए यूएसएका चन्द्र प्रसाद ढकाल, एनआरएनए मिडिल इष्टका रामेश्वर शाह, एनआरएनए जापानका प्रकाश घिमिरे, इम्पेरियल सेक्यूरिटिज प्रालिका प्रकाश तिवारी, होटेल सहन्साका अरनिको शाह र बी एन्ड एसोसिएट्सका सीए आशिष् ढकाल छन्।
फोरमको सल्लाहकारहरूमा इक्वेडरका महावाणिज्यदूत शशिकान्त अग्रवाल, एनआरएनएका अध्यक्ष कुमार पन्त र नेपाल भारत उवासंघका कोषाध्यक्ष एवं महासङ्घका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, महासङ्घको पूर्व कार्यकारिणी समिति सदस्य अजय मुडवरी, महासङ्घका कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, सार्क उवासंघका विजय मल्ल, महासङ्घको पूर्वकारिणी समिति सदस्य तथा नेपाल टर्की उवासंघका अध्यक्ष अखिल कुमार चापागाईँ छन्।
फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुन सक्ने भन्दै यसमा लाग्न फोरमलाई सुझाव दिए। महासङ्घका विभिन्न समकक्षी अन्तर्राष्ट्रिय सस्ताहरूसँग विगतमा भएका सहमति सम्झौतालाई पुन ताजकी गर्न आवश्यक रहेको भन्दै फोरमले यसतर्फ पनि गम्भीर गृह कार्य गर्ने विश्वास आफूले लिएको बताए।
हाम्रा सबै कूटनीतिक च्यानलहरूसङ बलियो सम्पर्क विस्तार र विभिन्न देशका निजी क्षेत्र सँग समन्वय गरी मुलुकभित्र लगानी एवं प्रविधि आकर्षण, विकासका नयाँ नयाँ मोडलहरू समेत भित्राउने कार्यमा पहल गर्न सुझाव दिए।
महासङ्घले अगाडी सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अङ्कमा लैजाने र प्रत्येक वर्ष करिब ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पनि बाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न फोरमलाई आग्रह गरे।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिब ५० लाख नेपालीहरू, नेपाली कूटनीतिक नियोगहरू, महासङ्घका समकक्षी अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूसँग समन्वय सहकार्य गरी नेपालमा अन्तर्राष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास आफूले गरेको बताए।
फोरमका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याई उद्योग व्यवसाय प्रवर्धन तथा रोजगारी सिर्जनामा अधिकतम प्रयास गर्ने, व्यापार व्यवसाय विस्तारको सम्भाव्यताको अध्ययन गरी व्यवसाय प्रवर्धन गर्न पहल गर्ने, नेपालमा लगानी भित्राउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने लगायतको प्रतिबद्धता जनाएको छ।