arrow

जो बाइडेनको निर्देशनमा पूर्वी सिरियामा अमेरिकाद्वारा हवाई आक्रमण

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
biden-america.jpg

काठमाडौं । पूर्वी सिरिया स्थिति इरान समर्थित एक लडाकु स्थापनामा हवाई आक्रमण गरिएको पेन्टागनले जनाएको छ । यसअघि उक्त लडाकु समूहले इराकमा अमेरिकी सेना लक्षित आक्रमण गरेको थियो ।

त्यसैको बदलामा पेन्टागनले गरेको कारबाही इराकमा नभई सिरियाको पूर्वी क्षेत्रमा गर्दा इराकलाई राहत पुगेको छ भने, बाह्य क्षति पनि नभएको बताइएको छ ।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी सेनाले आज बेलुका पूर्वी सिरिया स्थिति इरान समर्थित सेनाले प्रयोग गरेको सुविधामाथि हवाई आक्रमण भएको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पूर्वी सिरिया र इराकको अस्थिरतालाई नियन्त्रण गर्न जानीजानी यो आक्रमण गरेको पेन्टागनले जनाएको छ ।


इरानको समर्थन रहेको दुई लडाकु समूह कताइब हेजबोल्लाह (केएच) र कताइब साहिद अल सुहादा (केएसएस)ले प्रयोग गर्ने विभिन्न सुविधा र पूर्वाधार नष्ट गरिएको बताइएको छ । आक्रमणको विषयमा सिरियाले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

हवाई आक्रमणबाट भएको लडाकु क्षति एवं अन्य क्षतिको कुनै जानकारी आएको छैन । जो बाइडेनको निर्देशनमा भएको यो पहिलो कारबाही हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ