arrow

भारतका १८ राज्यमा कोरोनाको नयाँ स्ट्रेन

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
corona-india-railway.jpg

काठमाडौं । भारतमा कारोना भाइरसको नयाँ स्ट्रेन १८ राज्यमा फैलिइसकेको छ । जसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पंजाब लगायत रहेका छन् । 

यो कोरोनाको स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्रजिलबाट आएको हो । अहिलेसम्म भारतमा १९४ जनामा नयाँ स्ट्रेन देखिएको छ । 

नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियन्टसँग मिलेको छ । 

६ जना दक्षिणी अफ्रिका र ब्रजिलका १ जनाको स्ट्रेन मिलेको छ । 

पछिल्लो समय भारतमा कोरोनाका संक्रमित बढेका छन् । शुक्रबार मात्रै १६ हजार १९ जना संक्रमित थपिँदा १२ हजार ३६१ कोरोनामुक्त भएका छन् । 

१०९ जनाको ज्यान गएको छ । 

१ लाख ३० हजारको हाराहारीमा झरेको सक्रिय संक्रमितको संख्या १ लाख ५६ हजार ४१३ रहेको छ । 

भारतमा अहिलेसम्म १ करोड १० लाख ७९ हजार ९४ संक्रमित पुगेका छन् । १ करोड ७ लाख ६१ हजार १३९ जना कोरोनामुक्त भएका छन् । मृतक १ लाख ५६ हजार ९७० पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ