arrow

निजी अस्पतालबाट पनि कोरोनाको खोप

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
corona-vaccine-covid.jpg

काठमाडौं । भारतमा निजी अस्पतालले पनि कोरोना भाइरसको खोप लगाइदिने भएका छन् । खोपको तेस्रो चरण भारतमा १ मार्चदेखि शुरु हुँदैछ । यो चरणमा निजी अस्पताललाई पनि सामेल गरिएको छ । 

तर निजी अस्पतालले शुल्क लिएर खोप लगाइदिने छन् । निजी अस्पतालमा खोप लगाउँदा २५० रुपैयाँ भारु तिनुपर्नेछ । 

यो चरणमा करिब १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप लगाइने छ । यो चरणमा ६० वर्षदेखि माथिका उमेर समूहलाई खोप लगाइने छ । 

त्यस्तै ४५ देखि ६० वर्षका गम्भीर बिरामीलाई पनि खोप लगाइने छ । केन्द्र सरकारका अनुसार करिब २७ करोड मानिस यो वर्गमा पर्छन् । 

 



लोकप्रिय समाचार
नयाँ