arrow

कोरोना भाइरसः ‘जानसेन’ एक डोज खोप, पायो इमरजेन्सी स्वीकृति 

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
corona-vaccine-janssen.jpg

काठमाडौं । अमेरिकाले जनसन एन्ड जनसनको कोरोनाको खोप ‘जानसेन’ लाई इमरजेन्सी स्वीकृति दिएको छ । मोडर्ना र फाइजरपछि अमेरिकाले तेस्रो खोप जानसेनलाई स्वीकृति दिएको हो । 

यो एक डोज खोप हो । अहिलेसम्म आएका अन्य खोपहरुको डोज दुई हो । दुई पटक खोपको डोज लगाउँदै आएकामा जानसेनको खोप एक पटक लगाए पुग्ने सीएनएनले लेखेको छ । 

ह्वाइटहाउसका वरिष्ठ अधिकृत एन्डी स्लाविटले सामाजिक संजालमा तेस्रो सुरक्षित र प्रभावित खोप आउनु निकै राम्रो खबर भएको बताएका छन् । 

अमेरिकी फुड एन्ड ड्रग रेगुलेटरी एडमिनिस्ट्रेशन (एफडीए) को सल्लाहकार समितिले शुक्रबार खोपको सिफारिसका लागि भोटिङ गरेको थियो । जसमा २२ सदस्यले पक्षमा भोट हालेका थिए । विपक्षमा एक भोट पनि परेन । 

यो खोप ६६ प्रतिशत प्रभावित भएको बताइएको बीबीसीले लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ