arrow

रहेनन् सौर्यशमशेर राणा

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
swarya-shamsher-rana.jpg

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन भएको छ । ६४ वर्षीय राणाको मेडिसिटी अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो ।

सिप्रदी कम्पनीका ग्रुप अध्यक्ष राणा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष थिए । आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा बसेर राणाले काम गरेका थिए । 

६४ वर्षीय राणाको मेडिसिटी अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो । उनले सिप्रदीमा शुरुमा उपाध्यक्षका रूपमा काम गरेका थिए । 

अटोमोबाइल्स क्षेत्रमा राणालाई सफल व्यक्ति मानिन्छ । आइतबार बिहान निधन भएका उनको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

राणाका श्रीमती, एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ