arrow

राजीव अग्रवालको नागरिकता छानबिन शुरु, हरिनारायण गुप्ता अहिले पनि भारतीय मतदाता

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०७७ फागुन १७ सोमबार
rajiv-kumar-agrawal.jpg

वीरगंज । पर्सामा व्यापार गर्दै आएका भारतीय मूलका नागरिक राजीवकुमार अग्रवालको पनि नागरिकता छानबिनको प्रक्रिया शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै अग्रवालको नागरिकताको बिषयमा बुझ्नु पर्ने जनाउँदै उनले लिएको सक्कली नागरिकतासहित नियन्त्रणमा लिई प्रशासनमा बुझाउन पत्राचार गरिएको हो । 

वीरगंज महानगरपालिका वडा नम्वर १० बस्ने सुरज नारायण अग्रवालका छोराका नागरिकताको विषयमा छानबिन गर्नु पर्ने भन्दै पत्राचार गरिएको हो । पत्राचार पछिको बारबाही प्रक्रिया कसरी अगाडि बढिरहेको छ भन्नेबारे प्रशासनले सार्वजनिक गरेको छैन ।  

यता नागरिकता तथा अवैध ओसारपसारमा संलग्न रहँदै आएको आरोप लाग्दै आएका हरिनारायण गुप्ताले राष्ट्रिय सहारा दैनिकका सम्पादक चन्द्रभुषण साहलाई धम्काएका छन् । पटक–पटक राजश्व अनुसन्धान र भन्सारबाट दण्डित हुँदै आएका गुप्ताले समाचार लेखेको कारण साहलाई धम्काएका हुन् । 

दुई दशक अगाडि झुटो विवरण पेश गरी बारा जिल्लाबाट नागरिकता हासिल गरेको आरोपसमेत लाग्दै आएका हरिनारायण सपरिवार अहिले वीरगंज वडा नं १० मा बस्दै आएका छन् । हरिओम पार्टी प्यालेस संचालन गरे पनि अवैध ओसारपसारमा संलग्न रहेको आरोप गुप्तामाथि लाग्दै आएको छ ।  

हरिनारायप्रसाद गुप्ता

गुप्ताले आफ्नो नागरिकताको विषयमा गृहमन्त्रालयले छानबिन गरेको र अदालतले पनि वैध भएको पुष्टि गरेको बताउँदै आएका छन् । नेपालमा हरिनारायणप्रसाद गुप्ताको नामले बसोबास गर्दै आएका उनको नाम भारतमा हरिनारायण प्रसाद रहेको छ । भारतको राष्ट्रिय मतदाता सेवा पोर्टलमा सन् २०१९–११–५ सम्म उनको नाम अद्यावधिक रहेको रहेको थियो । 

यसैगरी जिल्ला पूर्वी चम्पारण अनुमण्डल रक्सौल, थाना आदापुर ग्राम पंचायत लक्ष्मीपुर पोखरिया मुख्य ग्राम बिशुनपुरवा मतदान केन्द्र उत्क्रमित मध्य विद्यालय हिंदी पूर्व भागको पाना नं १६ मा उनको नाम अहिले पनि सुरक्षित रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ