arrow

नयाँ पार्टी खोल्ने योजनाबारे ट्रम्पको स्पष्टीकरण

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
trump-mask.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमहरूमा आएका नयाँ पार्टी खोल्ने योजनाबारे आफ्नो धारणा प्रस्ट पारेका छन्। राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हालेपछिको पहिलो सम्मेलनमा फ्लोरिडामा बोल्दै ट्रम्पले नयाँ पार्टी खोल्ने योजना नभएको बताएका हुन् ।

नयाँ पार्टी खोल्ने बारेका समाचारहरू झुटो भएको उनको भनाइ छ । "एउटा नयाँ पार्टी खोलौं त्यसपछि मत विभाजन हुनेछ र हामी कहिल्यै जित्ने छौं ? यो चमकदार नहोला ?" उनले ठट्यौली गर्दै भने । नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उनले प्रस्ट पारे।

महाभियोगको प्रस्ताव असफल भएपछि ट्रम्पले पहिलो पटक पार्टीको सम्मेलनमा बोल्दै सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि लड्न सक्ने संकेत भने गरेका छन् ।

कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा बोल्दै ट्रम्पले बाइडेनको आलोचना समेत गरेका छन् । अमेरिकी नीति अमेरिका पहिलो नभई अमेरिका अन्तिम स्थानमा राख्ने भएको उनको आरोप छ ।

अहिले राष्ट्रपति ट्रम्प फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जालबाट प्रतिबन्धित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ