arrow

सिन्जियाङको यातना शिविरमा गएर अध्ययन गर्न मानवअधिकार आयोगलाई राष्ट्र सङ्घको आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १७ सोमबार
united-nation-headquaters.jpg

न्युयोर्क। चीनले सिन्जियाङमा रहेका अल्पसङ्ख्यक उइगरहरुलाई नियन्त्रणमा लिएर यातना दिने कामलाई तीव्रताका साथ अघि बढाइरहेको तथा धार्मिक र सांस्कृतिक सफाया गर्ने उद्देश्यले उक्त चीन सरकारले यातना शिविरमा राखिरहेको आरोपपछि राष्ट्रसङ्घले मानवअधिकार आयोगलाई आग्रह गरेको छ। 

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन दुजारिकले बेलायतको मिडिया हाउससँग कुरा गर्दै सिन्जियाङको मुस्लिम बहुल चिनियाँ क्षेत्रमा भ्रमण गर्न मानवअधिकारका लागि उच्चायुक्तको टोलीलाई आह्वान गरेका छन्। सिन्जियाङको हिरासतमा रहेका मुस्लिम उइगर महिलाहरूलाई बलात्कार गर्ने, यातना दिने र यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।

"प्रतिवेदनमा लगाइएका आरोपहरूको प्रकृति र यी आरोपहरूका अधिकारीहरूले गरेको खण्डनलाई ध्यानमा राख्दै मलाई लाग्छ कि मानवअधिकार उच्चायुक्तको प्रस्तावित कार्यको लागि अगाडि बढ्नु पहिलेभन्दा अझ महत्त्वपूर्ण भएको छ," दुजारिकले प्रेस ब्रिफिङमा भने ।

अमेरिकी विदेश मन्त्रालयले चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका उइगर र अन्य मुस्लिमहरूका लागि शिविरमा व्यवस्थित बलात्कार गर्ने, जबरजस्ती श्रममा लगाउने घटनाको चर्को आलोचना गरेको थियो । 

"सिन्जियाङका जातीय उइगुर र अन्य मुस्लिमहरूका लागि यातना शिविरमा महिलामाथि गरेका साक्षीसहितको रिपोर्टले हामीलाई चिन्तित बनाएको छ । जन गणतन्त्र चीन (पीआरसी) को अधिकारीहरूले तत्काल र स्वतन्त्र अनुसन्धानको लागि अनुमति दिनु पर्दछ," उनले भने।



लोकप्रिय समाचार
नयाँ