arrow

चीनले हङकङका दोस्रो अधिवक्ताको पनि गर्‍यो लाइसेन्स खारेज

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १७ सोमबार
china-flag.png

ताइपेइ। हङकङको प्रजातन्त्रवादी आन्दोलनमा संलग्न भएको भन्दै चीनले हङकङका दोस्रो अधिवक्ताको पनि लाइसेन्स खारेज गरेको छ। हङकङमा हुने प्रजातन्त्रवादी आन्दोलनलाई दबाउनका लागि हङकङमा चिनियाँ कम्युनिस्ट पार्टीले दमनकारी नीति लिएको आरोप लाग्दै आएको  छ।

ताइवान जान खोज्ने १२ हङकङका कार्यकर्तामध्ये एक जना रेन क्‍वीनियुको लाइसेन्स हेनान प्रान्तीय न्याय विभागले खारेज गरिदिएको हो। अगस्टमा समुद्री मार्ग हुँदै ताइवान जान लागेका १२ जनालाई चीनले नियन्त्रणमा लिएको थियो। तीमध्ये १० जनालाई डिसेम्बरमा शेन्जेन अदालतले सात महिनादेखि तीन वर्षसम्मको जेल सजाय तोकेको छ। दुई जना नाबालिग भएका कारण जेल नराख्ने आदेश गरिएको थियो।

बेइजिङको कडा नयाँ सुरक्षा कानुन लागु भएपछि हजारौँ हङकङका बासिन्दाहरू यस क्षेत्रबाट भागेका थिए। हङकङमा नागरिक स्वतन्त्रता ध्वस्त बनाएपछि मानिसहरू अन्य मुलुकको शरणमा पुगेका हुन्। सन् २०१९ को प्रजातन्त्र समर्थित आन्दोलनमा सहभागी भएका सयौँ मानिसहरूलाई हङकङ प्रहरीले नियन्त्रणमा लिएको थियो।

हेनान न्यायिक विभागले शुक्रवार प्रान्तीय राजधानी झेंग्झौमा इजाजत पत्र रद्द गर्नेबारे फैसला सुनाएको हो। रेन हङकङका दोस्रो वकिल हुन्, उनलाई अधिकारकर्मीहरूले कार्यकर्ताहरूको मुद्दा चलाउनका लागि इजाजत रद्द गरिएको हो।

अमेरिकाको विदेश विभागका प्रवक्ताले बुधवार ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेका छन्, "हामी चीनको हङकङमा १२ जनाको नेतृत्व गरेका वकिल लु सिवेई र रेन क्वानियुको अवधारणा र उत्पीडन गर्ने प्रयासबाट गहिरो चिन्तित छौँ । उहाँहरूको इजाजत पत्र रद्द गरिएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ