arrow

भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय 

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
Nicolas_Sarkozy.jpg

काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय तोकिएको छ । आफु विरुद्धको 'क्रिमिनल केस'को सूचना माग्दै मजिस्ट्रेटलाई घुस खुवाएको अभियोगमा ६६ वर्षीय पूर्व राष्ट्रपति दोषी ठहर भएका हुन् ।

जेल सजाय पाउने सार्कोजी  फ्रान्सका पहिलो राष्ट्रपति हुन् । मजिस्ट्रेटसँगै सार्काेजीका पूर्व वकिललाई पनि यस्तै सजाय तोकिएको छ । 

पेरिसका न्यायाधिसले सार्काेजी जेल जानुभन्दा घरमै इलेक्ट्रोनिक ट्याग लगाएर सजाय काट्न सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ