arrow

ज्याक माले गुमाए चीनकै धनाढ्यको उपाधि

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
jack-ma-new.jpg

काठमाडौं । अलिबाबा एवं आन्ट ग्रुपका संस्थापक ज्याक माले चिनियाँ धनाढ्य व्यक्तिको उपाधि गुमाएका छन् । मङ्गलवार प्रकाशित सुचीमा उनी चिनियाँ धनाढ्य व्यक्तिको सुचीमा छैनन् ।

हुरुन ग्लोबल रिच लिस्टका अनुसार सन् २०२० र सन् २०१९ मा ज्याक मा पहिलो स्थानमा थिए । तर, सन् २०२१ मा आइपुग्दा उनी एकै पटक चौथो स्थानमा झरेका छन् ।

अलिबाबा र आन्ट ग्रुपमाथि चिनियाँ केन्द्रीय नियामकहरूले विश्वासघात सम्बन्धी मुद्दाहरू लगाएपछि मा चौथो स्थानमा खस्किएका हुन् ।

गत अक्टोबर २३ मा उनले गरेको एक भाषणपछि आन्ट ग्रुपको ३७ अर्ब डलरको सेयर बजार सूचीकृत रोकिएको थियो भने मा लामो समयसम्म सम्पर्क विहीन पारिएका थिए । त्यसपछि उनको ईकमर्स कम्पनी अलिबाबामाथि समेत विभिन्न किसिमका मुद्दाहरू लगाएर छानबिनको दायरामा ल्याइएको थियो ।

अहिले झोंग शन्शान चीनको धनाढ्य व्यक्तिका रूपमा पहिलो नम्बरमा रहेका छन् । त्यस्तै टेन्सेन्टका सिइओ पोनी मा दोस्रो नम्बरमा रहेका छन् भने, पीन्डुओडु ईकमर्स कम्पनीका सिइओ कोलिन हुआंग तेस्रो स्थानमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ