arrow

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैङ्कको काउन्टर सञ्चालनमा

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
prabhu-birthamode-cancer-hospital.jpg

काठमाडौँ। झापा जिल्ला बिर्तामोड नगरपालिका वडा न-६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैङ्क लिमिटेडले फाल्गुन १८ गतेदेखि आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा मङ्गलवार दुई बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहकाबीच प्रभु बैङ्क पूर्वाञ्चल क्यान्सर अस्पताल एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।

नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले बिर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने बैङ्कले जनाएको छ।

प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

यस एक्सटेन्सन काउन्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैङ्किङ प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरूलाई निरन्तरता दिएको यस बैङ्कले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरूको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने बैङ्कले जनाएको छ।

प्रभु बैङ्कले २१३ वटा शाखा कार्यालय, १८९ एटिएम, ५८ वटा एक्सटेन्सन काउन्टर तथा २ वटा शाखा रहित बैङ्किङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ