arrow

अस्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन १९ बुधबार
australia-cyclone.jpg

क्यानबेरा । अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको मङ्गलबार जानकारी दिए । कोरोनाभाइरसको महामारीका कारण अस्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ ।  “अत्यावश्यक बाहेक अन्य आवतजावत तथा ओसारपसार बन्द गर्नु पर्ने बाध्यता अझै पनि कायमै छ,” मन्त्री हन्टले भने ।

अस्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उनले स्पष्ट पारे ।  विषेश र अत्यावश्यक कारण बाहेकका अन्य कारणले अस्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

अस्ट्रेलियामा मङ्गलबारसम्म २८ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ९०९ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ