- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । मोरङको सुन्दरहरैँचामा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित रहेको उद्योग वाणिज्य संघको नवौं चुनावी साधारण सभा हुन लागेको हो ।
२०७२ सालमा भएको चुनावी साधारण सभापछि पहिलो पटक अहिले हुन लागेको हो । २०७५ सालमा पुरानै समितिलाई एक वर्षे कार्यकाल थप गरिएको थियो । तर कोभिड १९ को महामारीको कारण थप एकवर्ष कार्यकाल लम्ब्याउनु परेको वर्तमान अध्यक्ष नवराज चापाँगाईले बताए ।
नयाँ नेतृत्व चयनको लागि दुई समूह चुनावी मैदानमा खरो रुपमा उत्रिएका छन् । दुवै पक्षले आफ्नो समूहको विजय सुनिश्चित रहेको दाबी गर्दै व्यवसायीहरुको घरदैलोमा जुटेका छन् । कृष्णप्रसाद रिजाल र टिकाप्रसाद कट्टेल नेतृत्वको समूहले आफ्नो समूहलाई व्यवसायीहरुको साझा समूह भनेर प्रचार गरिरहेका छन् ।
फागुन २२ गते हुने उक्त उद्योग वाणिज्य संघको निर्वाचनको चुनावी प्रचारप्रसार हेर्दा संसदीय निर्वाचनको झल्को देखिन्छ । प्रचारमा दुवै समूहले आफ्नो समुह साझा भनिएता पनि दुबै सुमहमा राजनीतिक रंग प्रस्ट देखिन्छ ।
कृष्णप्रसाद रिजाल नेतृत्वको समुहलाई नेपाली कांग्रेसको प्रत्यक्ष सहयोग रहेको देखिन्छ भने अर्का प्रत्यासी कट्टेल नेतृत्वको समूहलाई नेकपाको प्रत्यक्ष सहयोग रहेको देखिन्छ । तर कट्टेल भने आफू कुनैपनि राजनीतिक दलमा सहभागी नरहेको दाबी गर्दै आएका छन् ।
रिजाल २०५७ सालदेखि उक्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने कट्टेल २०५४ सालदेखि निरन्तर कार्यसमितिमा रहँदै वर्तमान समितिमा सचिवालय सदस्य हुन् ।
संस्थालाई स्थापना कालदेखि हालसम्म ल्याउन आफ्नो महत्वपुर्ण योगदान रहेको दाबी गर्दै साना तथा घरेलु उद्योग पहिचान गरी उद्योग स्थापनार्थ स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्ने लगायतका २७ बुँदामा कट्टेल समूहले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ ।
त्यसैगरी रिजाल समूहले प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनुपर्नेमा षडयन्त्रपूर्वक अँध्यारो कोठामा चिठ्ठाको प्रपञ्च गरी नेतृत्व हत्याउन खोजेको आरोप लगाउदै उद्योगी, व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघको नेतृत्व व्यवसायीहरुले नै गर्नुपर्ने र गैर व्यवसायीहरुलाई सुम्पिदा व्यवसायीहरूको शिर लज्जाले निहुरिने कुरा आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
को को छन् उम्मेदवार ?
रिजाल समूहबाट वरिष्ठ उपाध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष गोविन्द अधिकारी, महासचिव नारायण कार्की, कोषाध्यक्ष सारदाप्रसाद ढकाल, वाणिज्य सचिव उज्जल थापा, उद्योग सचिव अर्जुन गजुरेल सदस्यहरुमा बालकृष्ण गिरी, गिताबहादुर सोडारी, लयनबहादुर योञ्जन, शंखर बजगाई, दिपक कुमार भण्डारी, देव नारायण श्रेष्ठ, रिता सापकोटा, रञ्जु गुरागाँई आचार्य तथा लेखा संयोजक कृष्ण प्रसाद ओझा, सदस्य गोपाल फुयल र डम्मर कार्की रहेका छन् ।
कट्टेल समूहको वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकाल, उपाध्यक्ष डोलेश्वर तिम्सीना, महासचिव सन्तोष वान्तवा, कोषाध्यक्ष डिल्लीप्रसाद ढकाल, वाणिज्य सचिव रामकृष्ण खड्का, उद्योग सचिव हरीबहादुर कार्की सदस्यहरुमा टेकबहादुर सार्की, सुरेशकुमार श्रेष्ठ, महेन्द्रकुमार आचार्य, रामकुमार बस्नेत, मनोज गुरागाँई, विष्णु प्रसाई, किरणदेवी रौनियार, तारा शाक्य तथा लेखा संयोजक रुद्र थापा, सदस्य भक्तिविलास घिमिरे र ध्रुवप्रसाद दाहाल रहेका छन् ।