arrow

इमरान सरकारविरुद्ध पाकिस्तानका विपक्षीहरू बृहत् आन्दोलनको तयारीमा

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
imran-khan-PM.jpg

इस्लामवाद। पाकिस्तान सरकारको नेतृत्व गरिरहेका इमरान खानको राजीनामा माग गर्दै देशभर विरोध प्रदर्शनहरू भइरहेका छन्। यही अवस्थामा पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठबन्धनले मार्च २६ मा बृहत् आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्ध गरिने यो आन्दोलन गत वर्षदेखि सुरु भएका विभिन्न चरणका आन्दोलन र र्‍यालीहरूमध्येको एक महत्त्वपूर्ण अंशको रूपमा लिइएको छ।

आगामी संसदीय निर्वाचनमा पनि प्रतिपक्षी दलहरू मिलेर उम्मेदवार चयन गर्ने पीडीएमका प्रमुख मौलाना फजलुर रहमानले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ।

त्यसैगरि विपक्षी दलहरू मिलेर प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पनि पीडीएम प्रमुखलाई उद्धत गर्दै डनले उल्लेख गरेको छ। 

इमरान खानले महँगी वृद्धि, भ्रष्टाचार, दमन र शोषण र आपराधिक गतिविधिहरू बढेको र सरकारले नियन्त्रणका लागि पहल गर्न नसकेपछि विपक्षी दलहरूले काँधमा काँध मिलाएर सत्ता च्युत गर्ने चेतावनी दिएका छन्।

यसअघि पीडीएमले प्रधानमन्त्री खानलाई जनवरी ३१ सम्म राजीनामा दिइसक्न चेतावनी दिएको थियो। तर, खानले राजीनामा नदिएपछि आन्दोलनलाई थप चर्काउने रणनीति पीडीएमले बनाएको हो।

पाकिस्तानका एक भू-राजनीति विज्ञले पाकिस्तानको सेनाले धेरै हदसम्म सरकारलाई नियन्त्रणमा राखेको र चाँडै नै पीडीएमले देशको सैन्य प्रभावविरुद्ध कडा कदम चाल्न सक्ने बताएका छन्। विपक्षी गठबन्धन लगातार प्रधानमन्त्री इमरान खानले राजीनामा नदिए थप कडा रूपमा प्रस्तुत चेतावनी दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ