arrow

हवाई कारबाहीमा २३ लडाकू मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन २० बिहिबार
siriya2.jpg

मैमाना, अफगानिस्तान । लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन् ।

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताएका छन्।

यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ