arrow

महासङ्घका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
fncci-france-ambassador.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज महासङ्घ सचिवालयमा भेटवार्ता भएको छ। सो भेटवार्तामा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासङ्घले जनाएको छ।

उक्त भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स बिजनेस फोर बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासङ्घका तर्फबाट कोभिड पश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको छ।

भेटवार्तामा राजदूत लेजेको महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेका छन्।

अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराए। उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तार मार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए। यसका लागि कूटनीतिक सहयोग महत्त्वपूर्ण हुने धारणा उनको थियो।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए। गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासङ्घको पनि सहभागिता रहेको र सो क्रममा महासङ्घ र मेडेफ इन्टरनेशनलबीच सहमत पत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गराए।

नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै नेपाल फ्रान्स बिजनेस फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ