arrow

सुन्दरहरैचा वाणिज्य संघमा कांग्रेस निकट रिजालको समूह विजयी

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ फागुन २३ आइतबार
krishna-prasad-rijal-fncci-.jpg

मोरङ । मोरङको सुन्दरहरैचा उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस निकट कृष्णप्रसाद रिजालको प्यानल  विजयी भएको छ । शनिबार भएको नवौं साधारणसभाबाट कृष्णप्रसाद रिजाल र टिकाप्रसाद कट्टेल नेतृत्वत्वको समूहबीच भएको निर्वाचनमा रिजाल नेतृत्वको टिम विजयी भएको हो ।  

प्रथम उपाध्यक्ष दुर्गा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना, महासचिवमा नारायण कार्की, बाणिज्य सचिवमा उज्ज्वल थापा, उद्योग सचिवमा हरि कार्की, कोषाध्यक्ष शारदाप्रसाद ढकाल, लेखा संयोजकमा कृष्ण ओझा, लेखा सदस्यमा डम्बरबहादुर कार्की र गोपाल फुँयाल विजयी भएका छन् । 

त्यस्तै महिला सदस्यमा रन्जु गुरागाई आचार्य र रिता सापकोटा, कार्यसमिति सदस्यमा दिपक भण्डारी, महेन्द्र आचार्य, रामकुमार बस्नेत, शंकर बजगाँई, टेकबहादुर सार्की र मनोज गुरागाँई विजयी भएका छन् । 

द्वितीय उपाध्यक्ष डोलेश्वर तिम्सिना, उद्योग सचिव हरि कार्की र सदस्यहरू महेन्द्र, टेकबहादुर, रामबहादुर र मनोज गुरागाई टीका कट्टेल समूहका हुन् ।

रिजाल २०५७ सालदेखि उक्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुँदै यो पटक अध्यक्ष  पदमा विजयी भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ