arrow

प्रभु बैङ्कले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैङ्किङ ज्ञान उपलब्ध

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
prabhu-bank-students.jpg

काठमाडौँ। सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिका स्थित तेर्से माध्यमिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई बबरमहलस्थित प्रभु बैङ्कको प्रधान कार्यालयमा फागुन २३ गते आइतबार अवलोकनका साथै बैङ्किङ साक्षरता दिएको छ।

बैङ्कको प्रधान कार्यालय र बैङ्कबाट सञ्चालन-सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ५० जनाको सङ्ख्यामा आएका विद्यार्थीहरूलाई विभिन्न ५ समूहमा विभाजन गरी बैङ्कको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरूको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार गराइएको थियो।

स्थलगत अवलोकनको समापन समारोहमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैङ्क र बैङ्कद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरूका बारेमा विद्यार्थीहरूले बुझ्ने गरी प्रकाश पारेका थिए। बैङ्कका ब्रान्ड एम्बेस्डर एवं चर्चित गायक-कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरू समेत प्रदान गरेका थिए। उक्त अवसरमा विद्यार्थीहरूले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैङ्किङ तथा वित्तीय जिज्ञासाहरू समेत राखेका थिए।

प्रभु बैङ्क लिमिटेडले विभिन्न सामाजिक क्रियाकलाप हरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

आगामी दिनहरूमा प्रभु बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरूमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरूलाई विद्यालय तहको बैङ्किङ व्यवहारिक ज्ञान प्रदान गरी बैङ्किङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ