arrow

इजरायलद्वारा महामारीका कारण बन्द रेस्टुरेन्ट र बारहरू पुनः खोलिने

logo
एएफपी,
प्रकाशित २०७७ फागुन २३ आइतबार
israel-PM-benjamin-netanyahu.jpg

जेरूसेलम। कोरोना महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्ने क्रममा इजरायलले आइतबारदेखि रेस्टुरेन्ट तथा बारहरूलाई खोल्न दिने इजरायली सरकारले निर्णय गरेको छ। सरकारले रेस्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीहरूलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको जनाएको हो। इजरायलमा गत वर्ष डिसेम्बरदेखि खोप अभियान सञ्चालनमा ल्याइएको थियो।

आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लिइसकेका छन्। करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या ३७ लाख पुगिसकेको छ। इजरायलमा कम्तीमा ५० लाख नागरिकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाइसकेका छन्।

सरकारले बन्द अवस्थामा रहेका व्यवसायलाई खोल्ने नीति अन्तर्गत क्रमशः सबै क्षेत्रलाई महामारी पहिलेको अवस्थामा फर्काउन लागिएको प्रधानमन्त्री बेन्जामनि नेतन्याहुले बताए। “हामीले करिब ४० प्रतिशत नागरिकलाई खोप दिइसकेका छौँ। अब हामी सामान्य अवस्थामा फर्किनका लागि समस्या नहुने विज्ञहरूको सुझावपछि बन्द रहेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन समस्या हुने छैन।”

रेस्टुरेन्ट तथा बार खोलेको सन्देश दिन प्रधानमन्त्रीद्वारा एक क्याफेमा केक काटिएको र यसलाई त्यहाँ भेला भएका व्यक्तिहरूले खाएको इजरायली टेलिभिजनहरूले प्रमुख समाचार बनाएर समाचार सम्प्रेषण तथा प्रसारण गरेका थिए। इजरायलले यसअघि नै जिम, पुल तथा अन्य सेवाहरूलाई पनि सञ्चालनमा ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ