arrow

२०२० मा कश्मीरमा भएका आतङ्कवादी हमला, विगतका तुलनामा कमी

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
jammu-kashmir-terror.jpg

काठमाडौं । सन् २०२० मा कश्मीरमा सुरक्षा बलमाथि मात्रै ९८  आतङ्कवादी हमला भएका छन् । ती हमलामा २९  सैनिक र ५ निर्दोष सर्वसाधारणहरूले ज्यान गुमाएका छन् । सुरक्षा बलमाथिको आक्रमणमा ४९ सुरक्षा बलका जवान र ३८ सर्वसाधारण घाइते भएका छन् ।

त्यस्तै, सन् २०२० मा सर्वसाधारणमाथि मात्रै ३५ आतङ्कवादी हमला भएका छन् । जसमा २७ जनाले ज्यान गुमाएका छन् भने, ९ जना सर्वसाधारण घाइते भएका छन् ।

सुरक्षा बल र सर्वसाधारण दुवैमाथि गरी सन् २०२० मा कुल १३३ आतङ्कवादी हमला भएका छन् । हमलामा ज्यान गुमाउने ३२ जना सर्वसाधारणमध्ये १३ राजनीतिक दलका प्रमुख पनि रहेका छन् । दुवै हमलामा गरी ४७ सर्वसाधारण घाइते भएका छन् ।

सन् २०२० को अप्रिलमा १ मा भारतीय जनता पार्टी (बीजेपी) का नेता सिराजुद्धिन खतना र गुलाम हसन वागेले कश्मीरको कुलगाममा आतङ्कवादी हमलामा ज्यान गुमाएका थिए । जुन ८ अनन्तनागमा भएको आक्रमणमा कांग्रेस सर्पञ्च अजय पण्डीतले ज्यान गुमाएका थिए ।

बीजेपीका बन्दीपुर अध्यक्ष वसिम बरी, उनका भाइ र बुवाले आतङ्ककारी हमलामा ज्यान गुमाएका थिए । अगस्त ६ मा कुलगाममै बीजेपी सर्पञ्च साजद अहमद खान्डेले आतंकवादी हमलामै ज्यान गुमाए ।

अगस्त ९ मा बीजेपीका जिल्ला अध्यक्ष अब्दुल हमिद नाजरले पनि बदगाममा ज्यान गुमाएका थिए । २४ सेप्टेम्बरमा श्रीनगरमा बाबर काद्री आतङ्कवादी हमलामा मारिएका थिए ।  अक्टोबर ६ मा गान्दरबाल जिल्लामा अल्ताफ हुसेन मारिएका थिए ।

२९ अक्टोबरमा बीजेपीका युवा मोर्चाका सदस्य फिदा हुसेन इतो, उमर रसिद बेइग र उमर हानान पनि आतङ्कवादी हमलामै मारिएका थिए । कश्मीरमा भएका आतङ्कवादी हमलामा ज्यान गुमाउनेमध्ये यी केही व्यक्तित्वहरू हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्रमा मोदीले जम्मु कश्मीरबाट धारा ३७० खारेज गरेपछि त्यहाँ हुने आक्रमणमा कमी आएको छ । 

नागरिकहरूले राम्रो सुरक्षा पाएको महसुस गरेको बताउँदै आएका छन् । यद्यपि विद्रोही समूहले आफ्नो पहुँच जारी राख्न खोजे पनि विगतका तुलनामा आक्रमणका घटनाहरू निकै कम भएका छन् ।

जम्मु र कस्मीर दुवैमा गरेर सन् २०१८ मा ६१४ आक्रमण भएका थिए भने, सन् २०१७ मा ३४२ आक्रमण भएका थिए ।



लोकप्रिय समाचार
नयाँ