arrow

कोरोना महामारीको कारण देखाउँदै विदेशी पत्रकारमाथि चीनमा प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन २६ बुधबार
journalist1.jpg

बेइजिङ। कोरोना महामारीको समयमा जनस्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै चीनले विदेशी पत्रकारहरूलाई थप प्रतिबन्धहरू लगाएको छ। चीनले कोरोना भाइरस महामारीको बीचमा विदेशी पत्रकारहरूका लागि प्रतिबन्ध बढाएको बताएको हो।

विशेषगरी सिन्जियाङमा विदेशी पत्रकारहरूलाई निषेध गरेको छ। चीनको विदेश संवाददाता क्लब (एफसीसीसी) ले एक प्रतिवेदन जारी गर्दै छ जना संवाददातामध्ये एक जनाले चीनमा बस्न बाध्य भएको जनाएको छ। प्रतिवेदनले र एकदेखि तीन महिनाको छोटो अवधिमा चीनमा काम गर्न बाध्य भएको बताएका छन्।

त्यसैगरि केही पत्रकारहरूको भिसासमेत चीनले रद्द गरेको छ। "चीनले विदेशी पत्रकारका लागि बढी प्रतिबन्धहरू सिर्जना गर्न कोरोना भाइरस महामारीलाई उपयोग गरेको छ। प्रतिबन्धहरू यसअघिका भन्दा बढी भएको पाइएको छ।

पत्रकारहरू अझै पनि आवासीय अनुमति पत्र बोक्ने समूहमा प्रवेश गर्न निषेध गरिएको छ। महामारीले चीनलाई जनस्वास्थ्यको नाममा विदेशी छापाखानामा बढी प्रतिबन्ध लगाउने अवसर दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

राष्ट्रपति सी जिन पिङलगायत चिनियाँ नेताहरू मार्च २०२१ सम्म बेइजिङले प्रतिबन्ध लगाएको छ।



लोकप्रिय समाचार
नयाँ