arrow

चौध सांसदको निधनमा एक मिनेट मौन धारण

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
agni-sapakota-speaker1.jpg

काठमाडौं ।  प्रतिनिधि सभाको बुधवारको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।   

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकामा सर्वसम्मतिले पारित भएको हो ।
     
दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

 बैठकले प्रतिनिधि सभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
     
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी बुधवारका लागि बोलाइएको थियो ।  प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत ३ गते अपराह्न १ बजे बस्ने भएको छ ।



नयाँ