arrow

बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
joe-biden2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित भएको छ । अमेरिकी कंग्रेसको तल्लो सदनले उक्त प्याकेज पारित गरेको हो । हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइएको बीबीसीले लेखेको छ । 

बाइडेनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरुलाई राहत दिने बताइएको छ । बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरेको थियो । 

प्रतिनिधिसभामा मतदान हुँदा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले यसको समर्थन गरेका थिए । प्याकेजलाई रिपब्लिकन दलका सांसदहरुले भने अस्वीकार गरेका थिए।

अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुन्छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडनले शुक्रबार यसमा हस्ताक्षर गर्नेछन् । 

प्याकेजमा अधिकांश अमेरिकीहरुले पाउने गरी एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ । यसले बेरोजगारहरुलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्ने बीबीसीले लेखेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ