arrow

कुम्भनगरी हरिद्धारमा शाही स्नान

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
haridwar.jpg

काठमाडौं । भारतको कुम्भनगरी हरिद्धारमा महाशिवरात्रिको अवसरमा शाही स्नान हुँदैछ । पहिलो शाही स्नान महाशिवरात्रिको अवसरमा हुन लागेको हो । 

महाशिवरात्रिको दिन सन्यासीले शाही स्नान गर्नेछन् । यसपटक सरकारले कोरोना भाइरसको महामारीका बीच कुम्भको अवधि चार महिनाबाट घटाएर एक महिनामा झारिएको छ । 

भारतीय सरकारका अनुसार कुम्भ १ अप्रिलदेखि ३० अप्रिलसम्म हुनेछ । तर पहिलो शाही स्नान भने परम्पराअनुसार महाशिवरात्रिको दिनमै हुनेछ । 

हरिद्धारका कुम्भमेलाका आइजी पुलिस संजय गुंजयालका अनुसार २२ लाख भन्दा बढी दर्शनार्थीले गंगामा डुबुल्की लगाइसकेका छन् । 

शाही स्नानअघि बुधबार राति श्रद्धालुहरुले ब्रम्हाकुण्डमा पौडी स्नान गरेका थिए । परम्पराअनुसार ब्रम्हाकुण्डमा शाही स्नान सबैभन्दा महत्वपूर्ण बताइन्छ । 



नयाँ