arrow

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण, खुट्टा, काँध र घाँटीमा गम्भीर चोट

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
Mamata.png

काठमाडौं । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि भएको आक्रमणका कारण उनको खुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

पूर्वी मिदनापुर जिल्लाको नन्दीग्राममा उनीमाथि केही युवाहरुले धक्का दिँदै आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्य सरकारले उनको उपचारका लागि ५ सदस्यीय चिकित्सकहरुको टोली गठन गरेको छ । ४८ घण्टासम्म बनर्जी चिकित्सकहरुको निगरानीमा रहने बताइएको छ ।

आक्रमणपछि उनले श्वास फेर्न गाह्रो महसुस भएको र छाती दुखेको बताइरहेकी छन् । सत्तारुढ तृणमुल कांग्रेस पार्टीले नन्दीग्रामबाट आउँदो विधानसभाको निर्वाचनका लागि नोमिनेसन गरेपछि बुधबार साँझ करिब ६ बजेतिर यो घटना भएको हो । 

बनर्जी भारतीय जनता पार्टीका लिडर सुबेन्धु अधिकारीविरुद्ध छन् । जेटप्लस सुरक्षा पाएकी बनर्जीले आफुमाथि चारपाँच जनाले आक्रमण गरेको र सो अवस्थामा त्यहाँ स्थानीय प्रहरी एवं अन्य कुनै अधिकारी समेत नरहेको आरोप लगाएकी छन् ।



लोकप्रिय समाचार
नयाँ