arrow

कोरोनाको नयाँ स्वरुपले ब्राजिलमा संकटः एकै दिन अहिलेसम्मकै बढीको मृत्यु

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
covid_burial_brazil.jpg

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एकै दिन दुई हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा मृत्यु हुनेमा रहेको छ ।

बुधबार त्यहाँ २ हजार २८६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २ लाख ६८ हजार नाघेको छ । नयाँ स्वरुपले संकमण दर बढाएसँगै विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण बढेसँगै ब्राजिलका प्रमुख शहरमा स्वास्थ्य अवस्था संकटापूर्ण हुने स्थितीमा पुगेको छ । अस्पतालमा आईसीयु एवं भेन्टिलेटरहरु   भरिसकेका छन् ।

स्वास्थ्य अधिकारी मार्गरेट डेल्कोल्मोले सन् २०२१ पनि झनै चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । ब्राजिलमा प्रति १ लाखमा १२८ जनाले ज्यान गुमाइरहेका छन् । विश्वकै २० प्रमुख प्रभावित देशमध्ये ब्राजिल ११ औं स्थानमा रहेको छ ।

 विश्वर हालसम्म ११ करोड ८६ ला भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २६ लाख ३२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ