- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको योजाना गरिएको युनाईटेड अरब एमिरेट्सको भ्रमण रद्द भएको छ । इजरायली पब्लिक ब्रोडकास्टिङले कानले बिहीबार प्रधानमन्त्री नेतान्याहुको भ्रमण रद्द गरिएको जनाएको हो ।
मुस्लिम मुलुक र इजरायलको सम्बन्ध दशकौंदेखि अस्थिर र एक किसिमले रुष्ट मानिँदै आएको छ । यस्तोमा युएई, बहराईन र मारक्कोले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थकर्तामा इजरायलसँग शान्ति सम्झौता गरेका थिए ।
साउदीले समेत इजरायलसँग सम्बन्ध सुधार गर्न खोजिरहेको बताइन्छ । अन्य मुस्लिम मुलुकहरूले युएई र इजरायलबीचको शान्ति सम्झौता अब्राहम एकोर्डको विरोध गर्दै आएका छन् । इजरायली प्रधानमन्त्रीको युएई भ्रमण ठुलो अर्थ राख्ने विषय हुन जान्छ ।
यो भ्रमण तय रहेको तर, स्थगित भएको इजरायली प्रसारक कानले जनाएको छ ।