arrow

ममता बेनर्जी हमलाले नयाँ तरङ्ग

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
Mamata.png

काठमाडौं । भारतस्थित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि भएको हमलाले बंगालको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । उनले नन्दीग्राममा बुधबार साँझ चार पाँच जनाले धक्का दिएको भनी आरोप लगाएकी थिइन् । 

त्यसपछि कोलकाताको एक अस्पतालमा भर्ना भइन् । जहाँ उनको काँध, गर्धन र खुट्टामा चोट लागेको खुल्यो । त्यसपछि बिहीबार उनको पार्टीका प्रतिनिधिमण्डलले कोलकातामा चुनाव आयोगलाई ज्ञापनपत्र बुझाए । 

उक्त ज्ञापनपत्रमा राज्यका पुलिस प्रमुखलाई हटाएपछि बेनर्जीमाथि कथित हमला भएको आरोप लगाइएको छ । चुनाव आयोग मुख्यमन्त्रीको रक्षा गर्न असफल भएको आरोप पनि लगाइयो । 

तृणमुल कांग्रेस टीएमसीले चुनाव आयोगमाथि केन्द्रको सत्तारुढ दल बीजेपीको दबाबमा पुलिस प्रमुखलाई हटाइएको आरोप लगाएको थियो । 

चुनाव आयोगले भने बयान जारी गर्दै यी आरोपको कडा निन्दा गरेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

टीएमसीले ममतामाथि भएको कथित हमलाको विरोधमा प्रदर्शन गर्ने भएको छ । ममतालाई एसएसकेएम अस्पतालको दोस्रो भवनमा सारिएको छ । उनको केही मेडिकल टेष्ट पनि गरिएको छ । 

शुक्रबार ३ बजेदेखि ५ बजेसम्म नन्दीग्राममा भएको घटनाको विरोधमा कालो झण्डा देखाइने मन्त्री पार्थ चटर्जीले बताएका छन् । उनले कालो कपडाले आफ्नो मुख छोपेर विरोध गर्ने पनि जनाएका छन् । 

ममताले अब केही दिन ह्विल चेयरमै रहेर चुनावको प्रचार गर्नेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ