arrow

भारतमा कोरोनाका सक्रिय संक्रमित दुई लाख नजिक, महाराष्ट्रमा लकडाउन

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
corona-india12.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेको छ । दैनिक जसो निको हुने भन्दा संक्रमित हुने थपिएसँगै सक्रिय संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । 

एक लाख ३० हजारमा झरिसकेको सक्रिय संक्रमितको संख्या एकाएक बढेर २ लाख नजिक पुगेको हो । बिहीबार २० हजार ६३१ संक्रमित थपिँदा १० हजार ९६९ जनालाई मात्र निको भएको छ । हाल १ लाख ९५ हजार ७६६ जना सक्रिय संक्रमित रहेका छन् । 

१०२ जनाको ज्यान बिहीबारमात्रै गएको छ । अहिलेसम्म १ करोड १३ लाख ५ हजार ९७९ जना संक्रमित भएका छन् । १ करोड ९ लाख ४७ हजार २५२ जनालाई निको हुँदा ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ३२६ पुगेको छ । 

महाराष्ट्रमा अनियन्त्रित
 कोरोना भाइरसको संक्रमण दर महाराष्ट्रमा फेरि तीब्र भएको छ । महाराष्ट्रमा बिहीबार १४ हजार ३१७ जना संक्रमित थपिएका छन् । 

अहिले त्यहाँ १ लाख ६ हजार ७० जना सक्रिय संक्रमित छन् । यसले भारतको केन्द्र सरकारलाई पनि चिन्तामा पारेको छ । 

कोरोनाको परीक्षणमा आएको कमी र मानिसहरुको लापरवाहीका कारण यो अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महाराष्ट्र सरकारले केही ठूला शहरहरुमा कडा लकडाउन गरेको छ । नागपुरमा मार्च १५ देखि मार्च २१ सम्म कडा खालको लकडाउन गरिने जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ