arrow

चीनलाई टक्कर दिन चार राष्ट्र जुट्दै

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
quad_summit-2021.jpg

काठमाडौँ । शुक्रवार अमेरिका, भारत, जापान र अस्ट्रेलियाका राष्ट्र प्रमुखहरूबिच वार्ता हुँदै छ । चार वटै देशहरूको सुरक्षा गठबन्धन क्वाड अन्तर्गत शुक्रवार वार्ता हुने भएको हो । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रूपमा लिने गरिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाँडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री योशिहिडे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबीच शुक्रवार भर्चुअल माध्यमबाट वार्ता हुने भएको हो । इन्डोप्यासिफिक क्षेत्रमा सुरक्षा एवं स्थिरताका लागि सन् २००७ मा स्थापना भएको क्वाड अन्तर्गत पहिलो पटक राष्ट्र प्रमुखहरूले वार्ता गर्न लागेको हुन् ।

भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रूपमा लिइएको छ ।

विस्तारवादी चीनलाई टक्कर दिनका लागि स्थापना गरिएको भनिने क्वाडको चीनले आलोचना गर्दै आएको छ ।

चीनसँगको बढ्दो तनावकै बिच “क्वीड” का नामले चिनिने इन्डो-प्यासिफिकका प्रमुख मुलुकहरूबिच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ ।  शुक्रवार चारै देशका राष्ट्र प्रमुखहरूबिच खुला, स्वतन्त्र र समृद्धि इण्डो प्यासिफिकका लागि छलफल हुने अनुमान गरिएको छ ।

सम्मेलनले आपूर्ति, सुरक्षा, प्रविधि एवं जलवायु परिवर्तन लगायतका विषयमा विचार आदान प्रदान गर्ने बुझिएको छ । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि पनि सम्मेलनमा छलफल हुने बताइएको छ । गत महिना पनि चारै देशका विदेशमन्त्रीहरुबीच क्वाड अन्तर्गत भेटवार्ता भएको थियो ।

सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ