arrow

ब्रजिलमा एकैदिन ८६ हजार सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन २९ शनिबार
corona-brazil.jpg

रियो दि जेनेरियो। ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिन झन्डै ८६ हजार जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या एक दिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार शुक्रवार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एक दिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए।

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन्। त्यसै गरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ। ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरूले बिस्तारै प्रगति भए पनि मृत्यु हुनेको सङ्ख्या भने अझै घटेको छैन।

कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ। ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी सहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ।

कोभिड–१९ विरुद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो।



लोकप्रिय समाचार
नयाँ