arrow

भारतमा एकैदिनमा २० लाख भन्दा बढीलाई कोरोना खोप

logo
एएनआई,
प्रकाशित २०७७ फागुन २९ शनिबार
corona-vaccine-covid1.jpg

नयाँ दिल्ली। भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। शुक्रवारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले शनिवार जानकारी दिएका छन्।

यो सँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ। त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरू चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन्।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। खोप लगाउन देश भरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ।

कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ।



लोकप्रिय समाचार
नयाँ