arrow

बेलायतमा आतङ्ककारी आक्रमणमा मारिएका भारतीय कूटनीतिज्ञको स्मरण

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन २९ शनिबार
ravindra-hareshwar-mhatre.jpg

लन्डन। बेलायतको राजदरबार क्षेत्रमा जम्मु काश्मीर लिब्रेसन फ्रन्टद्वारा मारिएका भारतीय कूटनीतिज्ञलाई बेलायती सांसदले स्मरण गरेका छन्। बेलायती सांसद बब ब्ल्याकम्यानले आइतबार भारतीय कूटनीतिज्ञ रवीन्द्र हरेश्वर म्हात्रेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। म्हात्रेलाई भारतको प्रतिबन्धित सङ्गठन जम्मू काश्मीर लिबरेशन फ्रन्ट (जेकेएलएफ) ले १९८४ मा हत्या गरेको थियो।

भारतीय कूटनीतिज्ञलाई स्मरण गर्दै ब्ल्याकम्यानले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, "हामी ऊर्जाशील युवा भारतीय कूटनीतिज्ञ रवीन्द्र हरेश्वर म्हात्रेको हत्यालाई स्मरण गर्दैछौं। उनलाई ३ फेब्रुअरी १९८४ मा बर्मिङ्‌घम प्यालेस क्षेत्रबाट जेकेएलएफले अपहरण गरेको थियो। उनीहरूले १० लाख पाउन्ड फिरौतीको माग गरेका थिए र ६ फेब्रुअरीमा १९८४ मा हत्या गरेका थिए। आत्माको शान्तिको कामना, ओमशान्तिओम।"

म्हात्रे बर्मिङघममा भारतीय उच्चा योगका सहायक आयुक्त थिए। उनलाई फेब्रुअरी ३, १९८४ मा अपहरण गरिएको थियो। उनको हत्याको जिम्मेवारी जम्मु काश्मीर लिब्रेसन फ्रन्टले लिएको थियो। अपहरणपछि १ मिलियन पाउन्ड फिरौती माग गरिएको थियो। फिरौती नपाएको झोकमा अपहरण गरेको तीन दिनपछि जेकेएलएफले उनको हत्या गरी फेब्रुअरी ६ मा बर्मिङ्‌घमको सडक छेउमा उनको शव फालेको अवस्थामा फेला परेको थियो।

जेकेएलएफका संस्थापक मकबूल भटको रिहाइको वार्ता गर्ने प्रयासमा रहेका उनी अपहरणमा परेका थिए। भारतले आतङ्ककारी हरूसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो। भटलाई म्हात्रेको शव फेला परेको पाँच दिनपछि ११ फेब्रुअरीमा फाँसी दिएको थियो।



लोकप्रिय समाचार
नयाँ