arrow

टीआरपीका लागि मिडियाले अपराधी बनाइदियो – दिशा रवि

logo
प्रकाशित २०७७ चैत १ आइतबार
disha-ravi.jpg

काठमाडौं । टुल किट मामिलाकी अभियुक्त पर्यावरण कार्यकर्ता दिशा रविले मिडियाले आफ्नो टीआरपी बढाउनका लागि आफूलाई अपवराधी बनाइदिएको दाबी गरेकी छिन् । गत महिना जमानतमा रिहा भएपछि पहिलो पटक शनिबार आफ्नो बयान जारी गर्ने क्रममा ट्वीटरमा चार पानाको बयान लेखिन् । 

त्यहाँ उनले मिडियाको चर्को आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सबै जे सत्य हो त्यो भन्दा धेरै टाढा लाग्छ दिल्लीको प्रदूषण, पटियाला अदालत र तिहाड जेल ।’

उनलाई यदि कसैले आगामी पाँच वर्ष आफूलाई कहाँ देख्न चाहन्छिन् भनेर सोधेको भए उनको जवाफ ‘जेल’ हुँदैनथ्यो । 

अगाडि लेखेकी छिन्, ‘मैले आफूलाई सोध्थेँ त्यो समय त्यहाँ हुनु कस्तो लागेको थियो । तर मसँग कुनै जवाफ थिएन । मलाई लाग्थ्यो कि सिर्फ एक तरिका छ जसको म सामना गर्न सक्छु । मलाई लाग्यो कि यो मसँग भइरहेको छैन । पुलिस १३ फेब्रुअरी २०२१ मा मेरो ढोकामा आएको थिएन । उनीहरुले मेरो फोन लिएका थिएनन् । मलाई पक्राउ गरेका थिएनन् । उनीहरु मलाई पटियाला हाउस लिएर गएका थिएनन् । मिडियाले त्यहाँ त्यो कोठामा आफ्नो स्थान खोजिरहेका थिएनन् ।’

उनले आफूलाई अदालतमा के बोल्नुपर्ने हो भन्ने थाहा नै नभएको बताइन् । जब उनले बुझिन् कि के बोल्नुपर्ने हो तबसम्म उनलाई पाँच दिनको हिरासतमा पठाइसकिएको थियो । 

उनलाई १३ फेब्रुअरीमा फक्राउ गरी २३ फेब्रुअरीमा अदालतले जमानत दिएको थियो । पुलिसले अदालतमा दिशालाई पेश गर्दै भनेको थियो, ‘दिशा रवि टुल किट गुगल डकुमेन्टकी सम्पादक हुन् । ती डकुमेन्ट बनाउने र यसलाई प्रसारित गर्न उनको मूख्य भूमिका छ ।’

उनीमाथि भारतीय दण्ड संहिता अन्तर्गत राद्रोह, समाजमा समूदायबीच घृणा फैलाउने र आपराधिक षड्यन्त्रको मुद्दा दर्ता भएको थियो । 



लोकप्रिय समाचार
नयाँ