arrow

लुम्बिनीमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड तथा वीच्याट पे सेवा

logo
प्रकाशित २०७७ चैत १ आइतबार
mbl-qr-code-luambai.jpg

काठमाडौँ। देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वीच्याट पे सुरु गरेको छ। स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्युआर कोड को माध्यमबाट भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ।

डिजिटल बैङ्किङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्प्लेक्स लगायतमा क्युआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरू पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।

उक्त सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरी चाइनिज पर्यटकले  वीच्याट पे को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन्।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।



नयाँ