arrow

भारतमा कोरोना तीव्र रुपमा फैलँदो, यस्तो छ अवस्था

logo
प्रकाशित २०७७ चैत २ सोमबार
corona-india-test3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । सक्रिय संक्रमितको संख्या २ लाख नाघिसकेको छ । अहिले सक्रिय संक्रमित २ लाख १६ हजार २९७ जना रहेका छन् । 

आइतबार २६ हजार ५१३ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजार १५८ जना संक्रमित भएका छन् । 

१७ हजार ५९० जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १ करोड १०लाख ५ हजार ४४५ जनालाई निको भइसकेको छ । 

आइतबार १२० जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ५८ हजार ७६२ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा २३ लाख १४ हजार ४१३ जना संक्रमित भइसकेका छन् । आइतबार एकैदिन १६ हजार ६२० जना संक्रमित थपिएका छन् । हाल १ लाख २६ हजार २३१ जना सक्रिय संक्रमित रहेका छन् । 

केरलमा २९ हजार ४७४ जना सक्रिय संक्रमित छन् । कर्नाटकमा ८ हजार ३६४ जना सक्रिय संक्रमित छन् । 

भारतमा कोरोनाको खोप लगाउने क्रम बढेको भए पनि संक्रमितसमेत थपिँदा चिन्ताको स्थिति बनेको छ । 

अहिलेसम्म भारतमा २ करोड ७३ लाख ४५ हजार १९१ जनाले कोरोनाको खोप लगाएका छन् । 

विभिन्न ठाउँमा अहिले पनि निषेधाज्ञा लगाइएको छ । नेपालको सीमा जोडिएको विहार राज्यमा भने ३३७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
नयाँ