- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समिति विस्तार भएको छ। समितिको सह–सभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन्। समितिका सदस्यहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू चक्र बहादुर अधिकारी, कुबिर कुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एन्ड डी इनोभेसन सोलुसन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी रहेको महासङ्घले जनाएको छ।
टिकापुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीर बहादुर राउत, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य सङ्घका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य सङ्घका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेद बहादुर श्रेष्ठ रहेका छन्।
त्यस्तै, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु, धादिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजा प्रसाद साह, उद्योग वाणिज्य सङ्घ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु(राजु), ओेखलढुंगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. (नेफ्स्कुन), नयाँ बानेश्वरका कोषाध्यक्ष दीपक पनेरु, देवचुली उद्योग वाणिज्य सङ्घ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज खत्री, गुर्खा इन्काउन्टर प्रालिका प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित छन्।
त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकार छन्। समिति विस्तार कार्यक्रमलाई संशोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न र महासङ्घका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग पुर्याउन सकिन्छ सोही अनुसार समितिलाई क्रियाशील राख्न सुझाव दिए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सिप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचान सहित अगाडी बढ्न समितिलाई शुभ–कामना दिएका थिए।
समितिका सभापति वैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासको लागि के कस्ता कार्य गरी अगाडी बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्य योजना तयार गर्ने गरी निर्णय गरियो।