arrow

चीनमा बेरोजगारी दर बढ्यो, रोजगारी पाउन सङ्घर्ष

logo
प्रकाशित २०७७ चैत २ सोमबार
cpc-china.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको एक वर्ष पूरा भइसकेको अवस्थामा चीनमा युवाहरूलाई रोजगार पाउन सकस भइरहेको छ ।चीनको केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको बेरोजगारी दर १३.१ प्रतिशत पुगेको छ ।

फेब्रुअरीको तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी शहरी बेरोजगारी दर (जुन ५.५ प्रतिशत छ) भन्दा बढी देखिएको हो । गत वर्षको पहिलो त्रैमासिकमा पनि युवा बेरोजगारी दर यसै हाराहारीमा रहेको थियो । त्यति बेला चीनमा कोरोना भाइरसको महामारीले ठुलो प्रकोप मच्चाइरहेको थियो ।

पछिल्लो तथ्याङ्कका अनुरूप हेर्ने हो भने, चीनमा युवाहरूले रोजगारी पाउन सङ्घर्ष गर्नु परेको देखिएको छ । आधिकारिक आँकडा अनुसार यस वर्ष झन्डै ९० लाख विद्यार्थीहरूले रोजगारी खोज्ने छन् । गत वर्ष करिब ८० लाख विद्यार्थीले रोजगारीको खोजी गरेका थिए ।

चीनले यस वर्ष १ करोड १० लाख रोजगारी सिर्जना गरेर बेरोजगारी दर ५.५ प्रतिशतमै सीमित राख्ने लक्ष्य राखेको छ । अर्थव्यवस्थाको वार्षिक समीक्षामा प्रधानमन्त्री ली केकियांगले यस्तो बताएका हुन् ।



लोकप्रिय समाचार
नयाँ