arrow

आफ्नै डिजिटल मुद्रा ल्याउने तयारीमा भारतले बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २ सोमबार
bitcoin1.jpg

काठमाडौं । भारतले बिटकोइनलगायतका विभिन्न क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने कानुन बनाउने भएको छ । भारत सरकारका एक उच्च अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको व्यापार, माइनिङ र त्यस्तो डिजिटल सम्पत्ति राख्नेहरूलाई जरिवाना समेत तोकिनेछ ।

यसअघि जनवरीमा भारत सरकारले सरकारी डिजिटल मुद्रा ल्याउने एजेण्डा अघि सारेको थियो । त्यसपछि प्राइभेट क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

ती अधिकारीले यो कानुन संसद्बाट पनि सहजै पास हुने बताएका छन् । कानुन पास भएमा भारत क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने विश्वकै एक ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने छ । कानुन लागु भएपछि ६ महिनासम्म जोसुकैसँग भएको क्रिप्टाेकरेन्सीकाे व्यापार गरिसक्न समय दिइनेछ भने, त्यसपछि कानुन कार्यान्वयन हुनेछ ।

चीनले पनि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ । यद्यपि त्यहाँ माइनिङ एवं व्यापार गर्नेहरूमाथि जरिवाना भने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ