arrow

चीनको कम्पनीले श्रीलङ्काको झन्डालाई बनायो डोरम्याट, श्रीलङ्काले जनायो गम्भीर आपत्ति

logo
प्रकाशित २०७७ चैत २ सोमबार
srilanka-flag.jpg

कोलम्बो। चीनको एक कम्पनीले श्रीलङ्काको राष्ट्रिय झन्डालाई डोरम्याट बनाएपछि श्रीलङ्का र चीनबिचको सम्बन्धमा तिक्तता देखिएको छ। चीनको एक उत्पादक कम्पनीले श्रीलङ्काको झन्डाको डोरम्याट बनाएपछि द्विपक्षीय सम्बन्धमा पनि दरार पैदा भएको हो।

श्रीलङ्काको विदेश मन्त्रालयले आफ्नो राष्ट्रिय झन्डाको डोरम्याट प्रिन्ट अमेजनमा बिक्रीका लागि राखेको देखेपछि यस विषयको गहन अनुसन्धान गर्ने बताएको छ।

श्रीलङ्काले बेइजिङस्थित आफ्नो दूतावासलाई उक्त डोरम्याट उत्पादक कम्पनी पत्ता लगाएर तत्काल जानकारी गराउन निर्देशन गरेको छ । त्यसैसरि कोलम्बोमा रहेको चिनियाँ दूतावासलाई पनि त्यहाँको विदेश मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ । 

श्रीलङ्काको विदेश मन्त्रालयले वासिङ्टनस्थित आफ्नो दूतावासलाई अमेजनसँग "यस विषयमा अनुसन्धान" गर्न निर्देशन दिएको छ ।

"अमेजन वेबसाइटमा अनलाइन खरिदका लागि विज्ञापन गरिएको श्रीलङ्का फ्ल्याग नन-स्लिप डोर म्याटको सोसल मिडिया प्लेटफर्ममा भर्खरै रिपोर्टहरू आएका छन्," विदेश सचिव एडमिरल प्रो. जयनाथ कोलोम्बेजले बेइजिङमा श्रीलङ्का दूतावासलाई सम्पर्क गर्न जानकारी दिएका छन् ।

उक्त डोर म्याटको मूल्य १० डलरदेखि २५ डलरसम्म तोकिएको छ । चीनले पछिल्लो समय श्रीलङ्कामा प्रभाव बढाइरहेको थियो । हालै राष्ट्रिय झन्डाको नै अपमान गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानमाथि प्रहार गरेको विषयले श्रीलङ्कामा चीनका बारेमा असन्तोष बढेको छ।



लोकप्रिय समाचार
नयाँ