arrow

शान्ति चाहिए दुर्गन्ध नफैलाउन उत्तर कोरियाको अमेरिकालाई चेतावनी

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
north-korea-missile.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम जो योंगले शान्तिसँग सुत्ने भए आफ्नो देशमा दुर्गन्ध नफैलाउन भन्दै अमेरिकालाई चेतावनी दिएकी छन् ।

दक्षिण कोरिया र अमेरिकी सैन्य अभ्यास चलिरहेका बेला उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसबाहेक यति बेला अमेरिकी उच्च कूटनीतिज्ञ एवं विदेश मन्त्री एन्टोनी ब्लिंकन जापान भ्रमणमा छन् । भोलि ब्लिंकन र जापानी विदेश मन्त्री तोसिमेत्सु मोतेगी दक्षिण कोरियाको राजधानी (सियोल) जाने भएका छन् ।

अमेरिकी विदेश मन्त्री छिमेकी मुलुकहरूको भ्रमणमा रहेका बेला उत्तर कोरियाबाट चेतावनी आएको हो । किम जोङ उनकी बहिनी किम जो योंगले अमेरिकालाई सङ्केत गर्दै भनेकी छन्, 'यदि आउँदा चार वर्ष शान्तिका साथ सुत्न चाहन्छ भने सुरुमा दुर्गन्ध फैलाउन रोकोस्।'

चीन र उत्तर कोरियाको बढ्दो खतरालाई मध्यनजर गर्दै जापान, दक्षिण कोरिया र अमेरिकाले सुरक्षा र नीतिका विषयमा छलफल गर्ने बताइएको छ । यद्यपि, अब भने उत्तर कोरियाको चेतावनी पनि वार्ताको विषयमा समेटिने देखिन्छ ।
 



लोकप्रिय समाचार
नयाँ