arrow

उत्तर कोरियाले दियो सैन्य प्रतिकारको चेतावनी

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत ३ मंगलबार
Kim-Jong-Un.jpg.jpeg

प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुवै देशबिचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताएकी छन् ।

उनले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरू विघटन गर्ने बारेमा विचार गर्दैछौं भनेकी छन् ।

उनले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरूको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरू आक्रामक रणनीति बनाए आफूहरू उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिइन् ।

उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कार्यहरु गर्ने स्पष्ट गरिन् ।

उनले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गरिन् ।



लोकप्रिय समाचार
नयाँ