arrow

भारतमा महिलाहरूलाई कोरोना विरुद्धको खोप लगाउने छुट्टै केन्द्र

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत ३ मंगलबार
corona-vaccine-inida-women.jpg

मुम्बई। भारतमा महिलाहरूलाई कोरोना विरुद्धको खोप लगाउन छुट्टै खोप केन्द्र स्थापना गरिएको छ। विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाराष्ट्र सरकारले विशेष गरी महिलाहरूको लागि १८९ विशेष खोप केन्द्र स्थापना गरेको हो।

"यो महत्त्वपूर्ण दिनलाई मनाउन हामीले राज्यका ३६ जिल्लामा प्रत्येक जिल्लामा ५ वटा महिलालाई खोप लगाउनका लागि विशेष खोप केन्द्र स्थापना गरेका छौँ," स्वास्थ्य विभागका एक महिला अधिकारीले बताइन्।

यी सबै विशेष केन्द्रहरूमा खोपको डोजका साथै अन्य सुविधा र महिला कर्मचारीको उपस्थितीमा महिला भर्ना गर्नेलाई स्वागत गर्ने विस्तृत व्यवस्था गरिएको समेत ति अधिकारीले जानकारी दिएकी छन्।

राज्यभर फैलिएका १८९ केन्द्रहरूमध्ये, ठाणे जिल्लामा भने १९ वटा विशेष महिला खोप केन्द्र निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
नयाँ