- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । आगामी चैत ५ गतेदेखि विराटनगर विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । विराटनगरमा ४ वर्षदेखि फुटवेयर एक्स्पो हुँदै आएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन, नेपालको आयोजनामा वैशाख ५ गते सम्म फुटवेयर एक्लो हुने आयोजक समितिले मङ्गलवार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ एक महिना सम्म चल्ने मेलामा २ करोड बढीको कारोबार हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला अवधिमा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ता चप्पलको विक्री हुने छ । १२ वटा कम्पनीका ६० वटा स्टल रहने संयोजक उपाध्यायले बताए ।
फुटवेयर बिजनेस एक्लोमा बेस ग्लोबल प्रावि, शिखर सुज इण्डष्ट्रिज, कोसेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरवी पोलमर्स कम्पनीका उत्पादन रहने मेला संयोजक उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मेलामा १ सय देखि १० हजार सम्मका तथा १० देखि ५० प्रतिशत सम्म छुटमा जुत्ता चप्पल र लेदर बेल्ट विक्री गरिने छ ।
नेपालमा रहेका लघु, साना, मझौला र ठुला गरी १ हजार ५ सय सङ्ख्यामा जुत्ता चप्पल उत्पादन गर्ने उद्योग रहेको र वार्षिक ५ करोड बढीको उत्पादन हुने गरेको मेला संयोजक उपाध्यायले बताए ।
उनका अनुसार ९ करोड जोडी जुत्ता चप्पलको आन्तरिक बजारमा माग रहेको छ । जुत्ता चप्पल उद्योगमा ५५ हजार श्रमिक कार्यरत रहेको उपाध्यायले बताए ।