arrow

मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको हत्या

logo
एएफपी,
प्रकाशित २०७७ चैत ३ मंगलबार
child-murder.jpg

लण्डन । मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समूहले बालबालिकाको पनि घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले मङ्गलबार जानकारी गराएको हो ।

एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन् । साथै उनले पछिल्लो समय बालबालिकाको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन् । उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन् ।

पिडित महिलाले भनिन्, “त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण ग¥यो । हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे ।”

सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ दुई हजारभन्दा बढी व्यक्ति मारिएको र छ लाख ७० हजारभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइएको छ ।

विद्रोही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध राख्ने बताइएको छ । पिडित एक अर्की महिलाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताए।

सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।



लोकप्रिय समाचार
नयाँ