arrow

५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
niger-attack1.jpg

काठमाडौं । नाइजरमा सशस्त्र समूहले कम्तीमा ५८ जना सर्वसाधारणको हत्या गरेको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले मालीको सीमा नजिकै ती सर्वसाधारणको हत्या गरेको बीबीसीले लेखेको छ । 

बन्दुकधारीहरुले तिल्लाबेरी क्षेत्रमा बजारबाट फर्किँदै गरेका सर्वसाधारण सवार चार वटा सवारी साधनमाथि अन्धाधुन्ध गोली चलाएका थिए । 

नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारियाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन । 

सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भिडन्त भएको थियो ।

सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ