arrow

पुटिनले ट्रम्पलाई निर्वाचनमा सहयोग गरेको खुलासा 

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
trump-putin.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सघाएको दाबी गरिएको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा राष्ट्रपतिमा निर्वाचत जो बाइडेनविरुद्ध गलत प्रचारमा रुसले सहयोग गरेको उल्लेख गरिएको बीबीसीले लेखेको छ । 

उक्त प्रतिवेदनमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनविरुद्ध मस्कोले भ्रामक र विभिन्न अतिरञ्जित सूचना सम्प्रेषण गरेको पनि उल्लेख गरिएको छ । 

तर कुनै अन्तिम चुनावी परीणामबारे भने रुसले कुनै तथ्य तोडमोड नगरेको उल्लेख गरिएको छ । यसबारेमा भने रुसले पटक पटक अमेरिकी निर्वाचनमा हस्तक्षेप नगरेको बताउँदै आएको छ । 

मंगलबार सार्वजनिक गरिएको १५ पृष्ठ लामो सो प्रतिवदेनमा गत वर्षको निर्वाचनमा रुस र र्इरानले बाइडेनविरुद्ध गलत प्रचार गरेको उल्लेख छ । 



लोकप्रिय समाचार
नयाँ