arrow

अमेरिकाका तीन स्थानमा आक्रमण, मारिएका आठमध्ये छ जना एसियाली महिला

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
usa-attack.jpg

काठमाडौं । अमेरिकाको मेट्रो एटलान्टा क्षेत्रका तीन स्थानमा भएको गोली प्रहार गोली प्रहार भएको छ । उक्त प्रहारमा परी ८ जनाको ज्यान गएको छ । मारिनेमा ६ एसियाली महिला पनि परेका छन् । 

सीएनएनका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो।

तीनवटै घटनाका संलग्न रहेको आशंकामा २१ वर्षे एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबारको यो घटनाको कारण भने बताइएको छैन । 

उक्त व्यक्तिको नाम रोबर्ट आरोन लङ भएको बताइएको छ । उक्त व्यक्तिलाई क्रिस्प काउन्टी जेलमा लगिएको अधिकारीहरुले बताएका छन् । 

पछिल्ला दिनहरुमा अमेरिकामा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप लगाउँदै अमेरिकीहरुले एसियालीमाथि अमेरिकामा दुर्व्यवहार गरेका खवर आइरहेका छन् । 



लोकप्रिय समाचार
नयाँ